१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सरकार ढल्छ भन्नु अफवाह मात्रै हो : सञ्चारमन्त्री शर्मा


286
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिले नै सरकार ढल्छ भन्नु अफवाह मात्रै भएको बताउनुभएको छ ।

मंगलबार मन्त्रिपरिषद्ले गरेका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

सञ्चारमन्त्री शर्माले सरकार तत्काल ढल्नुपर्ने कुनै कारण नभएको भन्दै हल्ला चलाउने अफवाह मात्रै भएको बताउनुभयो । उहाँले वर्तमान सरकार मुलुकमा सुशासन कायम गर्ने प्रविद्धता अनुसार अघि बढिरहेको बताउनुभयो ।

सञ्चारमन्त्री शर्माले मुलुकलाई भ्रष्टाचार अन्त्य गरी सुशासन कामय गर्न दृढ भएर सरकार अघि बढेको अवस्थामा सरकार परिवर्तन हुनेकुरा हल्ला मात्रै भएको बताउनु भयो । उहाँले बालुवाटार जग्गा प्रकरणमा सरकारले अध्ययन र अनुसन्धान गर्दा भेटिएका प्रमाणका आधारमा प्रक्राउ गरिएको बताउनुभयो । मन्त्री शर्माले सरकारले अनुसन्धान कुन तहसम्म पुर्‍याउने भन्दा पनि अनुसन्धानले जहाँ पुर्‍याउँछ त्यहाँसम्म पुग्ने बताउनुभयो ।

सञ्चारमन्त्री शर्माले बालुवाटार जग्गा प्रकरण लामो समयदेखि अनुसन्धानले प्रमाण पुर्‍याएको आधारमा अघि बढेको बताउनुभयो । उहाँले अनुसन्धान गर्दा माथिल्लो तहका वा तल्लो तह जुनसुकै व्यक्ति दोषी देखिए कारबाहीको दायरामा सरकारले ल्याउने बताउनुभयो ।