
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले दवाव थेग्न नसकेर स-साना आयोजनाहरुमा पनि बजेट विनियोजन गरेको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै अर्थमन्त्री महतले आफू संघीय सरकारबाट स-साना आयोजनाका लागि थोरै रकम विनियोजन गर्ने पक्षमा नभएपनि दवाव थेग्न नसकेर विनियोजन गरेको बताउनुभएको हो । उहाँले सम्बन्धित मन्त्रालय र वडाअध्यक्षको तहबाट पनि थोरै भएपनि बजेट पार्न दबाब आएको बताउनुभयो । मन्त्री महतले आगामी दिनमा भने प्राथमिकताका क्षेत्र तोकेर बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मन्त्री महतले परिणाममुखी बजेट ल्याएको ल्याइएको बताउनुभयो । उहाँले बजेटले राजस्वको दायरा बढाउने बताउनुभयो । उहाँले बाह्य निर्भरतालाई कम गर्ने गरी बजेट आएको पनि उल्लेख गर्नुभयो ।
मन्त्री महतले चालु खर्च घटाउन सक्ने अवस्था नभएपनि धेरै बढ्न नदिने कुरामा आफूहरु सरकार सचेत रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्