२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


जनतामा भ्रम छर्न रास्वपाले संसद अवरोध गर्‍यो : सांसद खतिवडा


1.04k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जस लिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद अवरोध गरेको आरोप लगाउनुभएको छ ।

मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो ।

सांसद खतिवडाले रास्वपाले जिल्ला निर्वाचन कार्यालय आफूले गर्दा मात्रै बँचेको हौ भन्ने भ्रम जनतामा छर्नका लागि संसद अवरोध गरेको बताउनुभयो । उहाँले नेपाली कांग्रेस जिल्ला निर्वाचन आयोगको कार्यालय खारेज गर्ने पक्षमा नरहेको बताउनुभयो ।

सांसद खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग विगतको श्री ५ भन्दा पनि माथि जान खोजेको आरोप लगाउनुभयो । उहाँले अख्तियारलाई निजी क्षेत्रमा प्रवेश गर्न दिनु नहुने बताउनुभयो । उहाँले सबै क्षेत्र अख्तियारले नै हेर्नुपर्छ भन्ने पद्धतिको विकास गर्नु नहुने बताउनुभयो ।

सांसद खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाग्रही नबनीकन काम गर्नुपर्ने बताउनुभयो ।