१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सहकारीहरुलाई तीस दिनभित्र बिवरण बुझाउन काठमाडौं महानगरको निर्देशन


1.378k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरुलाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ ।

महानगरपालिकाको सहकारी विभागले बुधबार सार्वजनिक सूचना जारी गर्दै साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायत तोकिएका विवरणहरु पेस गर्ने गरेको नपाइएको भन्दै ३० दिनभित्र विवरण बुझाउन भनेको हो ।

सहकारी ऐन अनुसार प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारणसभा सम्पन्न गर्नुपर्दछ । तर, सहकारी संस्थाहरुले समयमा साधारणसभा नगर्ने र आवश्यक मापदण्डहरु पूरा नगरी कारोबार गर्ने गर्दछन् ।

महानगरपालिकाले तोकिएको मितिभित्र विवरण नबुझाउने सहकारीहरुलाई कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

यसैबीच, काठमाडौंका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा सन्देश लेख्दै वित्तीय जोखिमबाट बच्न र सहकारी संस्थाहरुलाई संकटग्रस्त हुनबाट बचाउन अनुरोध गर्नु भएको छ ।