
काठमाडाैं । सत्तारुढ नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले वैदेशिक रोजगारीका गएकाहरुको पीडा सम्बोधन गर्नका लागि सम्बन्धित मन्त्रालय र निकायहरुमा हेल्प डेस्कको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ ।
वैदेशिक रोजगारीमा गएकाहरुको शव ल्याउन सक्ने अवस्था समेत राज्यले गर्न नसकिरहेको उल्लेख गर्दै उनीहरुलाई ट्रयाकिङगरी आपत परेका बेलामा सहयोग गर्नका लागि सम्बन्धित मन्त्रालय र राजदुतावासहरुमा हेल्प डेस्कको आवश्यक व्यवस्था मिलाउन उहाँले सरकारसँग माग गर्नुभएको हो ।
बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद पौडेलले वैदेशिक रोजगारीमा गएका नागरिकहरुलाई विपद् पर्दा सरकार सहयोगी बन्न नसकेको उल्लेख गर्दै त्यसमा सहयोगी हुने गरी संयन्त्रहरुको निर्माण गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।
उहाँले एयरपोर्ट देखिनै विदेशमा गएका नेपाली कामदारहरुको ट्रयाकिङ गर्न सके उनीहरुको पीडाको सुनुवाई गर्न सहज हुनेतर्फ पनि सरकारलाई सचेत गराउनुभयो ।
सांसद पौडेलले धेरै नेपालीहरुले काम गर्ने क्रममा विदेशमा ठूलो पीडा भोग्नु परेको भएपनि त्यसमा सरकार गम्भिर नभएको गुनासो समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्