१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


विपन्न समुदायका बालबालिकाको स्कुलमा आकर्षण


871
Shares

संखुवासभा । संखुवासभाको चैनपुरस्थित बालबिकास आधारभुत बिद्यालय लामिचौरले बिद्यार्थीलाई स्कुल युनिर्फमसहित आवश्यक शैक्षिक सामाग्री प्रदान गरेको छ ।

आर्थिक अवस्था कम्जोर भएर बीचमै स्कुल छाड्नु पर्ने बाध्यताको अन्त्य गर्न स्कुल युनिर्फमसहित शैक्षिक सामाग्री बितरण गरीएको हो । सामुदायिक बिद्यालयमा अत्यन्त बिपन्न वर्गका बालबालिका पढ्न आउने र युनिर्फम र शैक्षिक सामाग्री किन्न नसक्दा बिचमै स्कुल छाड्ने गरेका थिए । बिद्यालय व्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मी अधिकारीले बिपन्न वर्ग दलित र बिशेषगरी छात्राहरुले बीचमै कक्षा छाड्ने गरेको भन्दै आकर्षण बढाउन र बिचमै स्कुल छाड्ने प्रवृति रोक्न बिद्यालयले आवश्यक सामाग्री प्रदान गरेको बताउनुभयो ।

राष्ट्रिय बाणिज्य बैंक ब्रान्च अपरेशन बिभाग केन्द्रीय कार्यालयले स्कुलमा अध्ययनरत बालबालिकालाई सर्ट, पाईन्ट,जुत्ता,स्वीटरलगायतका सामाग्री प्रदान गरेको हो । बिद्यालयका प्रधानान्ध्यापक सुरेन्द्र तामाङले आवश्यक कपि, किताब, ब्यागलगायतका शैक्षिक सामाग्री प्रदानगरी सामुदायिक बिद्यालयमा अंग्रेजी भाषाको माध्यमबाट कक्षा सञ्चालन गरीएको बताउनुभयो । उहाँले नीजि र सामुदायिक बिद्यालयबीचको अन्र्तरलाई हटाउदै लैजाने लक्ष्य सामुदायिक बिद्यालयको रहेको पनि बताउनुभयो ।