
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सरकारले स्वास्थ्यमैत्री नीति नल्याएसम्म बीमा प्रभावकारी बनाउन कठिन हुने बताउनुभएको छ ।
बुधवार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बीमा स्वायत्त हो की स्वास्थ्यमन्त्रालय अन्तर्गतको भन्नेकुरा सरकारले स्पष्ट रुपमा भन्न आवश्यक रहेको बताउनु भयो । उहाँले ३५ सय तिरेर एउटा मानिसको बीमा गर्दा राज्यले कति वर्ष धान्ने हो स्पष्ट हुनुपर्ने बताउनु भयो । उहाँले बीमामा औषधिको समस्या रहेको उल्लेख गर्नुभयो । उहाँले एक हजार ५८ वटा औषधि बीमामा आवद्ध रहेको पनि बताउनु भयो ।
उहाँले सरकारले बीमामा आफ्नै कर्मचारी नदिएसम्म काम गर्न कठिन हुने अवस्था रहेको पनि बताउनु भयो । सचिव पोखरेलले अहिले मानसिक स्वास्थ्यको विषय अहिले चिन्ताको विषय भएको बताउनु भयो । उहाँले मानसिक स्वास्थ्यको विषय हटाउनका लागि जिल्ला अस्पतालमा मानसिक परामर्श दाताको दरबन्दीका लागि काम गरिएको पनि बताउनु भयो । उहाँले केन्द्रिय १३ वटा अस्पतालमा मानसिक स्वास्थ्यको १० वटा बेडका युनिट खोलिसकेको बताउनु भयो । उहाँले मानसिक स्वास्थ्यलाई पाठ्यक्रममा राख्न नसके भविष्यमा कठिन अवस्था आउने चेतावनी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्