
काठमाडौं । कर्णाली प्रदेशसभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ ।
प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण बैठक बिहीबारसम्मका लागि स्थगित भएको हो । बुधबार प्रदेशसभामा मन्त्रालयगत छलफल सुरु गर्ने कार्यसूची रहेपनि बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै बजेट संशोधन नभएसम्म संसद चल्न नदिने एमालेले बताएको थियो ।
प्रदेशसभामा बैठक सुरु भएलगत्तै एमालेका प्रमुख सचेतक टेकराज पछाईले समय लिँदै अर्थमन्त्रीले पैत्रिक सम्पत्ति जस्तै बजेट बाँडेको आरोप लगाउनुभयो । सभामुख नन्दा गुरुङले आधा घण्टा स्थगित भएको सभा सञ्चालन गर्न आग्रह गरेपनि बैठक पुन सुरु हुन नसकेपछि प्रदेश सभा सचिवालयले सूचना टाँसेर बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्