
काठमाडौं । फोनेपेको नेटवर्कमा नमस्ते पे आबद्ध भएको छ ।
नेपालको अग्रणी भुक्तानी नेटवर्क दाबी गरिएको फोनपे र नेपालको पहिलो सरकारी स्वामित्वको डिजिटल पेमेन्ट वालेट ‘नमस्तेपे’ बीच फोनपे क्यु–आर भुक्तानी नेटवर्कमा आबद्ध हुन सम्झौतामा हस्ताक्षर भएको हो । फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटा र नमस्तेपेका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
यो सम्झौतासँगै, सबै नमस्तेपे प्रयोगकर्ताहरूले नेपालभरका १२ लाख बढी फोनपे मर्चेन्टहरूमा फोनपे नेटवर्क मार्फत छिटो, सुरक्षित र सजिलो रूपमा क्यु–आर भुक्तानी गर्न सक्ने जनाइएको छ । फोनपेका प्रमुख कार्यकारी अधिकृत सापकोटाले नमस्तेपेसँगको सहकार्यले डिजिटल भुक्तानीलाई नेपालमा प्रवद्र्धन गर्न थप मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्