१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाललाई प्याजमा पनि आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता छ : अर्थमन्त्री महत


117
Shares

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाललाई प्याजमा पनि आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभामा आर्थिक विधेयक २०८० माथि विचार गरियोस भन्ने प्रश्ताव माथिको छलफलमा सांसदहरुले प्रश्न उठाएको विषयमा जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले आलुमा मुलुक आत्मनिर्भरता तर्फ उन्मुख भएको भन्दै प्याजमा पनि आत्मनिर्भर बनाउनको लागि मूल्य अभिवृद्धिकर भ्याटको व्यवस्था गरिएको बताउनु भयो । उहाँले मुलुकभित्र आलु प्याज उत्पादन गर्ने उत्पादकहरु साना–साना रहेको भन्दै व्यवसायीक रुपमा एउटैले उत्पादन गर्न नसक्ने अवस्था रहेको बताउनु भयो। उहाँले आन्तरिक उत्पादनको सप्लार्यसहरु पनि साना रहेकाले उनीहरु भ्याटको दायरामा आउनसक्ने बताउनु भयो । अर्थमन्त्री महतले कालिमाटी तरकारी बजारमा विदेशबाट आयात हुने व्यवसायीहरुको समूह रहेको बताउनु भयो ।

उहाँले गोल्भेडा नेपालमा उत्पादन हुँदा हुँदै पनि उपभोक्ताले कम पाइरहेको अवस्थामा उत्पादकहरुले सडकमा फालिरहेको बताउनु भयो। उहाँले कालिमाटीमा विचौलियाको कारण मुलुकभित्रको उत्पादनले प्रवेश नपाउने तर बाहिरबाट आएकाले सर्सर्ति प्रवेश पाउने अवस्था रहेको बताउनु भयो । उहाँले मुलुकभित्रका साना–साना उत्पादन गर्नेहरुलाई यो भ्याट नलाग्ने बताउनु भयो । उहाँले विदेशको सामान आयात गरेर सामान खरिद गरेमा भ्याट लाग्ने बताउनु भयो । उहाँले आलु प्याजमा लगाएको भ्याटले नेपाली उत्पादकहरुलाई हौसला दिने दाबी गर्नुभयो।

अर्थमन्त्री महतले सुर्तिजन्य वस्तुमा विगतको करलाई नहटाएको भन्दै त्यसैमा ३ प्रतिशत कर थप गरेको बताउनु भयो। उहाँले सुर्तिजन्य वस्तु मुलुकभित्र प्रतिबन्द गर्ने भएपनि सबै राजनीतिक दलहरुले सहमति गरे सरकार तयार रहेको बताउनु भयो। उहाँले सरकारलाई सुर्तिजन्य वस्तु प्रतिवन्ध गर्न समस्या नभएको बताउनु भयो। अर्थमन्त्री महतले ४० लाखको विद्युतीय बस चढ्ने गरिब भएकाले अमेरिकालाई जित्नेगरी धनी भएको टिप्पणी गर्नुभयो।

उहाँले पाँच चारे होटलमा जाने ग्राहकहरुको लागि कर लगाउँदा पर्यटन क्षेत्रमा कर लगाइयो भन्नु गलत भएको बताउनु भयो। उहाँले १० लखा भन्दा बढी सुन खरिद गर्नेलाई थप पाँच प्रतिशत कर लगाएको बताउनु भयो। उहाँले नेपालमा मूल्य अभिवृद्धि कर लागू भएसँगै राजश्वको दायरा बढेको बताउनु भयो। उहाँले सरकारले आर्थिक विधेयकमार्फत व्यवस्था गरेको करले मुलुकको अर्थतन्त्र चलायमान हुने बताउनु भयो। उहाँले भ्याटले करको कुरा मात्रै नगरेको पनि बताउनु भयो।