
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफुहरुको असन्तुष्टिलाई कायम राख्दै बजेट पारित गरेको बताउनुभएको छ ।
बुधवार प्रतिनिधि सभाबाट बजेट पारित भएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष यादवले आफूहरुको असन्तुष्टिलाई कायम राख्दै बजेट पारित गरेको बताउनुभएको हो । उहाँले आफूहरुले राखेको कुरामा अर्थमन्त्रीले सुधार गर्ने भनेपछि अर्थमन्त्रीको कुरा ग्रहण गर्दै बजेट पारित गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘असन्तुष्टिलाई राख्दै बजेट पारित गरेका छौँ । सरकारले धेरै कुराहरु करेक्शन गर्ने अर्थमन्त्रीले, प्रधानमन्त्रीले बोलिसकेपछि त्यसलाई अनर गर्दै बजेट पास गरेको हो । भ्रष्टाचारलाई न्युनिकरण गर्नुपर्छ एकातर्फ, अर्कोतर्फ भ्रष्टाचार हुने कारण के हो त्यसको पनि निरुपण खोज्नुपर्छ ।’
उहाँले देशमा भ्रष्टाचारको न्युनिकरण गर्नुका साथै भ्रष्टाचार हुने कारणको पनि निरुपण गर्नुपर्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्