५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


फ्रान्समा दोस्रो दिन पनि प्रदर्शन जारी


1.664k
Shares

एजेन्सी । फ्रान्समा ट्राफिक जाँचको क्रममा एक १७ वर्षीय किशोरलाई प्रहरीले गोली हानेर हत्या गरेपछि भड्कको प्रदर्शन उग्र बन्दै गएको छ ।

राजधानी पेरिसमा भएको उक्त घटनापछि देशका मुख्य शहरहरुमा एकसाथ प्रदर्शन चर्कीएको हो ।

प्रदर्शनकारीहरुले दोस्रो दिन पनि तोडफोड र आगजनी गरेका छन् । नाहेल एम नाम गरेका किशोरलाई प्रहरीले गाडीभित्रै गोली प्रहार गर्दा उनको मृत्यु भएको थियो ।

टुलुज शहरमा प्रदर्शनकारीहरूले एउटा दमकल जलाएर ध्वस्त पारिदिएका छन् । उत्तरी सहर लिलमा पनि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले नाहेलमाथि भएको गोली प्रहारको घटना ‘अक्षम्य’ भएको बताउनुभएको छ ।

उहाँको टिप्पणीले पुलिस युनियनहरूलाई भने क्रोधित बनाएको छ । घटनाको न्यायिक निरुपण नभएसम्म कसैलाई पनि कसुरदार भन्न नमिल्ने प्रहरी युनियनको दाबी छ । गोली हान्ने प्रहरीलाई हत्या कसुरमा नियन्त्रणमा राखिएको छ ।