
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बकर इदले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले नेपाल प्राचीनकालदेखि विभिन्न जातजातिको बसोबासको सङ्गमस्थल रहेको भन्दै विभिन्न भाषा, धर्म, संस्कृति र चाडपर्वको आफ्नो बेग्लै विशेषता रहेको र सबैलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट परम्परा रहेको उल्लेख गर्नु भएको छ ।
सभापति देउवाले इस्लाम धर्मावलम्बीले ‘बकर इद (इद उल अजहा) लाई पवित्र पर्वका रूपमा मनाउँदै आएका छन् । यो पवित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको उल्लेख गर्नुभएको छ ।
बकर इदले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीमा एकताको सन्देश दिन सफल हुनेछ भन्ने विश्वासका साथ उहाँले सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्