१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निजी स्कुलका शिक्षकलाई सरकारी सरह तलब दिन काठमाडौंका मेयर साहको निर्देशन


6.565k
Shares

काठमाडौं । सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने निम्न अनुसारको तलब सुविधा संस्थागत विद्यालयको शिक्षकलाई पनि प्राप्त गराउन काठमाडौं महानगरपालिकाका सम्पूर्ण संस्थागत विद्यालयहरूलाई सूचित गरेको छ ।

काठमाडौँ महानगर मातहतका निजी विद्यालयहरूलाई सामुदायिक विद्यालय सरह तलब को व्यवस्था गर्न मेयर बालेन साहले निर्देशन दिनुभएको हो ।

उक्त कुराको जानकारी उहाँले समामाजिक सञ्जालमार्फत पनि दिनु भएको छ ।

सरकारले तोके बमोजिमको तलब सुविधा प्राप्त नभएमा काठमाडौँ महानगरपालिकाको शिक्षा विभागमा सम्पर्क गर्न पनि साहले अनुरोध पनि गर्नु भएको छ ।