१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक


195
Shares

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्ला महिनामा पर्यटकको संख्या बढ्दै गएको छ ।

साउनदेखि जेठ मसान्तसम्म ७ हजार ७ सय विदेशी पर्यटक निकुञ्जमा पुगेको निकुञ्जका सूचना अधिकारी आशिष न्यौपानेले बताउनुभयो ।

ती मध्य १ हजार २ सय पर्यटक सार्क राष्ट्रका छन् भने ६ हजार ५ सय अन्य मुलुकका हुन् । सो अवधिमा आन्तरिकसहित २३ हजार ५ सय पर्यटकले निकुञ्ज भ्रमण गरेको पनि उहाँले बताउनुभयो ।

अघिल्लो गत आर्थिक वर्षमा १६ हजार आन्तरिक, ९ सय पर्यटक सार्क राष्ट्र र २ हजार ५ सय अन्य मुलुकका पर्यटक बर्दिया निकुञ्ज पुगेका थिए ।

बर्दिया निकुञ्जमा सहजै बाघ हेर्न पाइने भएकाले पर्यटकको संख्या उल्लेख्य रुपमा बढेको हो । बर्दिया निकुञ्जमा पछिल्लो गणना अनुसार १ सय २५ वटा बाघ छन् ।

यस्तै, १ सय २० वटा हात्ती र ३८ वटा गैंडा छन् । यस निकुञ्जमा एकसिंगे गैंडा, चितुवा, घोडेगधा, जरायो, चितुवा, लगुना, बाह्रसिंगे लगायत ६१ प्रजातिका स्तनधारी वन्यजन्तु पनि पाइन्छ ।