१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


औषधि व्यवस्था विभागले गुणस्तरहीन औषधि खरिद–बिक्री नगर्न फार्मेसीलाई निर्देशन


221
Shares

काठमाडौं । औषधि व्यवस्था विभागले गुणस्तरहीन औषधि खरिद–बिक्री नगर्न अस्पतालमा सञ्चालित फार्मेसीहरूलाई निर्देशन दिएको छ ।

कतिपय अस्पतालका फार्मेसीबाट बिक्री–वितरण हुने औषधिको गुणस्तरबारे विभागमा गुनसो आएको भन्दै विभागले गुणस्तरहीन औषधि खरिद–बिक्री नगर्न निर्देशन दिएको हो ।

औषधि व्यवस्था ऐनको दफा १२ अनुरूप गुणस्तरीय औषधि मात्र खरिद गर्न विभागले निर्देशन दिएको छ ।

खरिद तथा बिक्री गर्दा गुणस्तरमा शंका लागेमा सम्बन्धित निकायलाई जानकारी गराउन पनि विभागले आग्रह गरेको छ । अपिल गरेको छ निर्देशन दिएको छ ।