२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मुलुक निर्माणमा आदिवासी जनजातीको भुमिका महत्वपूर्ण : डिल्लीबहादुर चौधरी


91
Shares

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मुलुक निर्माणमा आदिवासी जनजातीको भुमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

नेपाल ग्रामीण पुनर्निर्माण संस्थाले बिहीबार दाङमा आयोजना गरेको आदिवासी तथा स्थानीय समूदायकालागि समर्पित कार्यक्रममा उहाँले आदीवासी र स्थानीय जनता जागरुक नभएसम्म बिकास असम्भव नहुने बताउनुभएको हो ।

मुख्यमन्त्री चौधरीले महिला,आदिवासी र स्थानीय समुदाय सक्षम भएमात्र त्यस ठाउँको बिकास अगाडी बढ्ने भन्दै उनीहरुको बिकासमा राज्यले ध्यान दिनु पर्ने बताउनुभयो । नेपाल ग्रामीण पुनर्निर्माण संस्थाका कार्यकारी अध्यक्ष डा.अर्जुन कार्कीले आदीवासी र स्थानीय समुदायसँग समर्पित कार्यक्रमले लुम्बिनीका दुर्गम क्षेत्रमा पुगेर काम गर्ने बताउनुभयो ।

प्रदेश योजना आयोगका उपाध्यक्ष डा.नबकुल केसी,पर्यटन परिषद्का कार्यकारी निर्देशक रामु जोशी, डा.सुरेश तामाङलगायतले आदिवासी जनजाति र स्थानीय समुदायको बारेमा प्रस्तुतिकरण दिनु भएको थियो ।

कार्यक्रममा स्थानीय निकायका प्रमुख,आदिवासी जनजाति महांसघका प्रतिनिधि,सामुदायिक वन उपभोक्ता महासंघका प्रतिनिधिलगायत विभिन्न संघ,संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।