१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चार्टर्ड एकाउण्टेनमा भविष्य राम्रो छ : गभर्नर अधिकारी


156
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय स्तरमा ठूलो सम्भावना भएको पेशा चार्टर्ड एकाउण्टेन रहेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाले आयोजना गरेकोकार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।

गभर्नर अधिकारीले विभिन्न संस्कृति र व्यवसायिक अभ्यासहरू बुझ्ने र विश्वव्यापी मानसिकताको विकास गर्ने ज्ञानलाई फराकिलो बनाउन मद्दत गर्ने बताउनुभयो । उहाँले पछिल्लो समयप्रविधिको विकाससँगै चार्टर्ड एकाउण्टेनको काम महत्वपूर्ण हुँदै गएको बताउनुभयो ।

उहाँले चार्टर्ड एकाउण्टेन पेशालाई रणनीतिक र विश्वसनीय व्यापार साझेदारको रूपमा परिभाषित गर्न आवश्यक रहेको बताउनुभयो।

गभर्नर अधिकारीलेले विश्वमा पछिल्लो समय अन्तर्राष्ट्रिय रुपमा नै चार्टर्ड एकाउण्टेनको विकास र बिस्तार हुँदै गएको भन्दै भविष्यमा राम्रो सम्भावना रहेको बताउनुभयो।