
एजेन्सी । रोमाका मुख्य फुटबल प्रशिक्षक जोजे माउरिन्हो नयाँ सिजन सन् २०२३–२४ मा १० दिनका लागि निलम्बनमा परेका छन् ।
माउरिन्होले रेफ्री ड्यानियल चिफीमाथि दिएको अभिव्यक्तिका कारण कारबाहीस्वरुप उनलाई निलम्बन गरिएको हो । गत मे ३ मा रोमाले मोन्जाविरुद्ध खेल्दा माउरिन्होले चिफीलाई खराब रेफ्री भनेर प्रतिक्रिया दिएका थिए । यसैकारण माउरिन्होलाई ४३ हजार पाउन्डको जरिवानासमेत लगाइएको छ ।
इटालियन फुटबल एसोसियसनले माउरिन्होले आगामी सिजनको पहिलो दिनदेखि सुरु हुने १० दिने निलम्बनको सामना गर्ने जनाएको छ । चेल्सी,रियल मड्रिड, इन्टर मिलान र म्यानचेस्टर युनाइटेडका पूर्वमुख्य प्रशिक्षक माउरिन्होले मोन्जाविरुद्ध चिफीले रोमाका मेह्मेट जेकी सेलिकलाई खेलको इन्जुरी समयमा रातो कार्ड देखाएपछि रेफ्रीको चर्को आलोचना गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्