१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


फ्रान्समा हिंसात्मक आन्दोलन जारी


429
Shares

एजेन्सी । प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि सुरु भएको आन्दोलनले फ्रान्समा हिंसात्मक रुप लिएको छ ।

आन्दोलन रोक्ने प्रयासमा प्रहरीले १५० जनालाई नियन्त्रणमा लिएको छ । गत मंगलबार ट्राफिक जाँच भइरहेको स्थानमा कार नरोकेको भन्दै प्रहरीले कार चालक १७ वर्षीय युवक नाहेल एमलाई गोली हानेको थियो । गृहमन्त्री गेराल्ड डारमनिनले प्रदर्शनकारीले देशभरका स्कुल,टाउन हल र प्रहरी स्टेशनलाई निशाना बनाएको बताउनुभएको छ । फ्रान्सका राष्ट्रपति इम्मानुयल म्याक्रोनले प्रहरीले त्यसरी गोली चलाएको घटना माफीयोग्य नभएको टिप्पणी गर्नुभएको छ ।

देशभर तनावको स्थिति सिर्जना भएपछि राष्ट्रपति म्याक्रोनले मन्त्रीहरुको आपतकालीन बैठकसमेत बोलाउनुभएको छ । गत वर्ष फ्रान्समा ट्राफिक नियम उल्लंघनको घटनामा १३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।