
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने भएको छ ।
बिहिबार जसपाका कोशी प्रदेश अध्यक्ष दीपक याख्खाले एक विज्ञप्ति जारी गर्दै विश्वासको मत दिने कार्यमा सहभागी नहुने बताउनुभएको हो । उहाँले मुख्य मन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिने सम्वन्धमा आफ्नो पार्टीको प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको भन्दै कोशी नामकरणमा सहयोग गर्ने कुनै पनि दलको नेतृत्वलाई अस्वीकार गर्ने उल्लेख गर्नुभएको छ ।
कोशी प्रदेशमा कार्की नेतृत्वको एमाले सरकारलाई दिएको समर्थन जसपाले गत जेठ १६ गते नै फिर्ता लिइसकेको छ ।‘ पहिचानको मागलाई नजरअन्दाज गरेर कोशी नामकरणको पक्षमा मतदान गर्ने दलहरूप्रति पनि हामी विश्वस्त हुन सक्ने कुनै राजनीतिक आधार देखा परेको छैन’,बिज्ञप्तिमा भपनएको छ । मुख्यमन्त्री कार्कीले आज प्रदेश सभामा विश्वासको मत लिदैं हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्