२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


धादिङको रुबी भ्यालीका सबै महिलाले कल समाउन थाले


1.209k
Shares

धादिङ । धादिङको दुर्गम रुबी भ्याली गाउँपालिकाका महिलाहरु आत्मनिर्भर हुन थालेका छन् ।

हातमा कुनै सिप नभएका महिलाहरु अहिले रोटरी क्लव अफ महाराजगञ्ज र स्टेप्स फाउण्डेसन नेपालले उनीहरुलाई तीन महिने सिपमुलक तालिम र प्रशिक्षण दिएपछि आत्मर्निभर हुन थालेका हुन् । शारिरीक रुपले अशक्त महिला, पुरुष र द्वन्द्वपीडित महिलाहरुले प्रशिक्षण लिएपछि उनीहरु सबैले लुगा सिलाउने कल समाएर काम गर्न थालेकाछन् ।

उनीहरुले यसलाई दिगो आम्दानीको स्रोत बनाएकाछन् । उनीहरुलाई पुनः प्रयोग गर्न मिल्ने स्यानेटरी प्याड बनाउने, बितरण तथा सिलाई बुनाई तालिमसंगै प्रशिक्षण दिइएको स्टेप्स फाण्डेसन नेपालकी सचिव लुरानी घलेले बताउनुभयो । रुबी भ्याली दुर्गम र अधिकांश महिलाहरु सिपविहिन भएका कारण उनीहरुमा सिपको बिकास गरी आत्मर्निभर बनाउने उद्धेश्यले तालिम सञ्चालन गरीएको हो ।

सधै चुलो चौका, कृषि र पशुपालनमा आस्रित यहाँका महिलाहरुको अहिले घर घरमा लुगा सिलाउने मेसीन राख्न थालेको रोटरी क्लव अफ महाराजगञ्जकाका इलेक्ट प्रेसीडेन्ट कृष्ण गुरुङले बताउनुभयो । घरमै बसीबसी काम गर्न सकीने र उत्पादन गरेका समाग्री बजारसम्म पु¥याउन सकीने भएकाले महिलाहरुको स्यानेटरी प्याड र कपडा सिलाई बुनाईमा आकर्षण बढेको उहाँले बताउनुभयो ।