१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


विचार बिनाको विचार बोकेर आयौँ भन्ने पार्टीहरुको लहर चलेको छ : एमाले अध्यक्ष ओली


754
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विचार बिनाका पार्टीहरुको लहर चलेको बताउनुभएको छ ।

बिहीवार मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक पार्टीहरु समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्ने भएपनि अहिले विचार नचाहिने पार्टीहरुको लहर चलेको बताउनुभएको हो ।

उहाँले विचार बिनाको विचार बोकेर आयौँ भन्ने पार्टीहरुको लहर चलेको बताउनु भयो । उहाँले राजनीतिक दल र नेताहरुले गरेको योगदानको चर्चा र स्मरण गर्न नसकिएको बताउनु भयो । उहाँले आफ्ना अभिभावकको योगदानको कदर गर्ने परिपाटीको अन्त्य हुँदै गएको बताउनु भयो ।

अध्यक्ष ओलीले मौलिकता बिनाको आन्दोलनहरु सफल हुन नसक्ने बताउनु भयो ।