
बर्दिया । बर्दियाको गेरुवा गाँउपालिकाले आफ्नै पालिकाबाट बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गर्न गेट बनाउने भएको छ ।
पालिकाले पर्यटक भित्र्याउने उद्देश्यले बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेशको लागि दक्षिण पश्चिम गेट निर्माण गर्ने भएको हो । आर्थिक बर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले निकुञ्जसँग सहकार्य गरेर गेरुवा ५ बन्जरियामा पश्चिमद्वार निर्माण गरिनुका साथै रुट तय गरिने बताउनुभयो । गेरुवाको पर्यटन मार्फत आर्थिक समृद्धि हासिल गर्न पश्चिम गेट निर्माण गरिने अध्यक्ष केसीले बताउनुभयो ।
पश्चिम गेट सुचारु हुनसके पालिकाको श्रोत बढ्नुका साथै रोजगारीको सृजना हुने बताइएको छ । यसबाट बन्द हुने अवस्थामा पुगेका होमस्टे संचालकहरुमा केही आशा थपिने स्थानीयको भनाई छ । निकुञ्ज प्रवेशका लागि यसअघि ठाकुरद्वारा, रम्बापुर, अम्रेनी, बबई, चेपाङ बाटमात्र प्रबेशद्वार थियो । दक्षिण पश्चिम गेट निर्माण गरिए बर्दिया, कैलाली र भारतका पर्यटलाई आउजाउ गर्न सहज हुने पालिकाको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्