५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


पूर्व राजदूत कार्की भन्छन, बिरुवा रोप्ने मात्र हैन, हुर्काउने प्रवृत्तिको बिकास हुनु पर्‍यो


494
Shares

दाङ । आज राष्ट्रिय वृक्षारोपण दिवस । वुक्षारोपण दिवसको अवसरमा आज लुम्बिनी प्रदेशको दाङमा वृहत्त वृक्षारोपण गरिएको छ ।

सन्ततीकालागि सोचौं समृद्धि र हरियालीकालागि रुख रोपौ भन्ने चेतनामुलक नारासहित लमहिमा वृक्षारोपण गरीएको हो । ग्रामीण पुनर्निर्माण संस्था(आरआरएन)का कार्यकारी अध्यक्ष तथा अमेरिकाकालागि पूर्व राजदूत डा. अर्जुन कार्कीले वृक्षारोपणकालागि समूदायस्तरबाटै अभियानको थालनी गरीनु पर्नेमा जोड दिनुभयो । उहाँले रोपेर छाड्ने मात्र प्रवृत्ती भएका कारण अब हुर्काउने र हरियाली बनाउने प्रवृत्तिको बिकास गरीनु पर्ने बताउनुभयो ।

लुम्बिनी प्रदेशका योजना आयोगका उपाध्यक्ष डा.नबकुल केसीले जलवायु परिवर्तन न्यूनिकरणकालागि वृक्षारोपण आवश्यक रहेको बताउनुभयो । उहाँले वृक्षारोपण गर्न वन जोगाउन स्थानीय वासिन्दा, महिला, आदिवासी, जनजाति र सामुदायिक वन समूहहरुको भूमिका उल्लेख्य हुने पनि बताउनुभयो ।

वृक्षारोपणमा डिभीजन वन कार्यालयका प्रमुख राजु क्षेत्री, सामुदायिक वन उपभोक्ता महासंघलगायत बिभिन्न संघ, सस्थाको सहभागिता थियो । बिभिन्न फलफूल जातका प्रजाती र हावापानी वातावरण अनुकुल बिरुवा लगाईएको थियो ।