
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईलाई इलाममा पहिचानवादी लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले आक्रमणको प्रयास गरेका छन् ।
प्रदेश १ पुनः नामकरण संघर्ष समितिका कार्यकर्ताले भट्टराईलाई इलाममा कालो झण्डा देखाएका थिए । भट्टराई ७२ औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा बिहिबार आयोजित अन्तरसंवादमा भाग लिन इलाम जानुभएको थियो । उक्त कार्यक्रममा कांग्रेस नेता गुरुराज घिमिरे र भट्टराईले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।
भट्टराईलाई आक्रमण गर्ने प्रयास गरेका पहिचान पक्षधर कार्यकर्तालाई सशस्त्र प्रहरीले रोक्ने प्रयास गरेको थियो । यद्यपि भट्टराई चढेको गाडीलाई रोक्दै उनीहरुले पहिचान विरोधी होसियार भन्दै कालो झण्डा प्रदर्शन गरेका थिए ।पहिचानवादीहरुले कोशी प्रदेशको नामाकरणप्रति असन्तुष्टि जनाउँदै प्रदेशको नाम परिवर्तन गर्नुपर्ने माग राख्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्