
काठमाडौं । विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुलाई तीनदिने फोटो पत्रकारिता सम्बन्धी तालिम दिइएको छ ।
नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र सञ्चारिका समूह नेपालको संयोजनमा आयोजित तालिममा विभिन्न सञ्चारमाध्यमममा कार्यरत ४५ पत्रकार महिला सहभागी थिए ।
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले तालिमले पर्यटन क्षेत्रमा रुचि राख्ने , कलम तथा क्यामेरा चलाउने पत्रकार लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले अभ्याससहितको यसखाले अभिमुखिकरण तालिमले काम गर्दै गरेका र नयाँ आउन चाहनेलाई हौसला दिने बताउनुभयो ।
३ दिने तालिममा फोटो पत्रकार मीन बज्राचार्य, विकास कार्की, प्रदिपराज वन्त , राजन काफ्लेलगायतले फोटो पत्रकारिताको अनुभव र नयाँ आयामबारे आआफ्नो अनुभव सुनाउनु भएको थियो । कार्यक्रमका सहभागीहरुले तालिमले कर्ममा थप आत्मविश्वास थपेको बताए । यसक्रममा सहभागीहरुलाई विश्व सम्पदा सूचिमा सूचिकृत धार्मिक तथा सांस्कृतिकस्थलको अवलोकन गराइएको थियो ।
प्रतिक्रिया दिनुहोस्