१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तपस्वी रामबहादुर बम्जनको आश्रममा स्थानीय प्रशासनद्वारा खानतलासी


42.614k
Shares


सिन्धुली । तपस्वी भनिने रामबहादुर बम्जनको सिन्धुलीमाडीको पहिरेमा अवस्थित आश्रममा स्थानीय प्रशासनले बिहिबार खानतलासी गरेको छ ।

हत्या, अपहरण र मानव बन्धक लगायतका मुद्दामा फरार सुचिमा रहेका तपस्वि बम्जनको आश्रममा सिन्धुली प्रशासनले हात हतियार र खर खजानाको खानतलासी गरिएको सिन्धुली प्रहरी प्रमुख राजकुमार सिल्वालले जानकारी गराउनुभयो ।

खानतलासीमा सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेल, सिन्धुलीका प्रहरी प्रमुख राजकुमार सिलवाल, शसस्त्र प्रहरी र स्थानीयको सहभागीता रहेको थियो । बम्जनमाथि सिन्धुलीको पहिरे स्थित आश्रम आसपासमा रहेको बन क्षेत्र अतिक्रमण गरेको र बाटोघाटो अवरुद्ध गरेको आरोप रहेको छ । बम्जनको आश्रम खालतलासीका क्रममा उनी भने आश्रममा थिएनन् ।