
एजेन्सी । रुसले निजी सैनिक समूह वागनरमाथि युक्रेन युद्धमा सहभागी हुन नपाउने गरी बन्देज लगाएको छ ।
गत साता रुसविरुद्ध सैनिक विद्रोहमा उत्रिएपछि वागनरसँग रुसको सम्बन्ध बिग्रिएको हो । रुसी संसद डुमाको रक्षा समितिका एक सदस्यले वागनरमाथि अब कहिल्यै पनि युद्धमा सहभागी हुन नपाउने गरी बन्देज लगाइएको जानकारी दिएका हुन ।
वागनर प्रमुख यभ्गेनी प्रिगोझिनले रुसी सेनासँग सम्झौता गर्न अस्वीकार गरेपछि उनी र उनको समूहमाथि युद्धमा सहभागी हुन नपाउने गरी बन्देज लगाइएको बताइएको छ । रुससँग सम्बन्ध विग्रिएपछि प्रिगोझिन र उनका २५ हजार लडाकुलाई बेलारुस पठाइएको छ ।
बेलारुस पुगेपछि उनीहरु कहाँ कस्तो अवस्थामा रहेका छन् भन्ने विषयमा पनि कुनै खबर छैन ।
प्रतिक्रिया दिनुहोस्