१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोशी प्रदेशको नाम पुनःविचार गर्नुपर्छ : मन्त्री लिम्बू


897
Shares

 

ललितपुर । युवा तथा खेलकुमन्त्री एवं नेपाली कांग्रेसका नेता डिगबहादुर लिम्बूले कोशी प्रदेशको नाम सच्याउनुपर्ने बताउनुभएको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नामाकरणपछि कोशी प्रदेशमा समस्या उत्पन्न भइरहेको भन्दै यो समस्यालाई रोक्न आवश्यक रहेको बताउनु भयो । उहाँले प्रद्येशको नाम पुनःविचार गर्नुपर्छ भनेर पार्टीको ध्यानाकर्षण गराएको पनि बताउनु भयो । उहाँले नेपाली कांग्रेसको गतिविधि शुन्य रहेको बेलामा विभिन्न राजनीतिक पार्टीहरु च्याउजस्तै उम्रिएको बताउनु भयो ।

उहाँले पार्टीको रुचीमा नपरेको मन्त्रालय आफूलाई दिइएपनि पर्याप्त बजेट नदिएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले युवा तथा खेलकुद मन्त्रालयमा गाडीमा तेल हालेर हिँड्ने पैसा समेत नभएको दाबी गर्नुभयो ।

मन्त्री लिम्बूले अहिले नेपाली कांग्रेसको गतिविधि सुस्त भएको भन्दै जनतासमक्ष पार्टीका गतिविधि लैजान पार्टी सभापति शेरबहादुर देउवासँग आग्रह गर्नुभयो ।