१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विभिन्न प्रकरणका दोषी छुट्न नहुनेमा राप्रपा अध्यक्ष लिङदेनको जोड


325
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नक्कली भुटानी शरणार्थी, ललिता निवासलगायतका प्रकरणमा कुनै पनि दोषि छुट्न नहुने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले पछिल्ला प्रकरणले अहिलेका अधिकांस राजनीतिक दल भ्रष्टाचारमा लिप्त रहेको पुष्टि गरेको बताउनु भयो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टी भने भ्रष्टाचारको कडा विरोधी रहेको दाबी गर्नुभयो ।

सो कार्यक्रममा सहभागी राप्रपाका अन्य नेताहरुले मुलुकमा हिन्दु धर्म संरक्षणकालागि पार्टीले सक्दो कोशिस गरिहेको बताएका थिए । सो अवसरमा अध्यक्ष लिङ्देनले ४० जनाभन्दा बढी ब्यक्तिलाई पार्टी प्रबेश गराउनु भएको थियो । मुलुकभर पार्टी प्रवेश गर्न खोज्नेको सख्या धेरै रहेका कारण आगामी दिनमा ६ महिने घर दैलो अभियान चलाउने योजना रहेको पनि अध्यक्ष लिङदेनको दाबी थियो ।