
पाल्पा । समयमा पानी नपरेपछी असार १५ गते सम्म पाल्पामा १० प्रतिशत मात्र रोपाई भएको छ ।
हिजो बिहिबारसम्म छिटपुट रुपमा पानी पर्दै आएकोमा आज भने लगातारको झरीसंगै कृषक फाँटमा झरेका छन । पाल्पामा पनि २० औं धान दिवश माडी फाँटको खेतमा रोपाई गरी मनाईएको छ ।
कृषि ज्ञान केन्द्र पाल्पा, तानसेन नगरपालिका र मदनपोखरा बहु प्राविधिक शिक्षालयको संयुक्त आयोजनामा धान दिवश मनाईएको हो । ‘जलवायु अनुकुलित कृषक मैत्री प्रविधि धान उत्पादनमा बृद्धि’भन्ने नाराका साथ पाल्पाको माडी फाँटमा दिवश मनाइएको हो ।
प्रतिक्रिया दिनुहोस्