२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


३३ प्रतिशत मन्त्री महिला चाहिन्छ : उपाध्यक्ष अर्याल


182
Shares

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई पुरुषसरहको अधिकार दिन नसकेसम्म महिलामाथि हुने हिंसा अन्त्य गर्न नसकिने बताउनुभएको छ ।

शुक्रबार संसद भवनमा आयोजित संसदीय प्रभावकारीतामा महिला माननीयहरुको भुमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उपाध्यक्ष अर्यालले महिलाका पार्टी बाहेकका साझा दायित्वहरु रहेकाले सबै एक भएर महिलाका हक हीतका लागि लड्नुपर्ने बताउनुभयो । उहाँले महिलालाई अधिकार दिलाउने नीति निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सामाजिक आर्थिक रुपले आधारभुत तहको लैङ्गिक र सामाजिक, जातिय विभेदहरुको अन्त्य नगरेसम्म समुन्नत समाज निर्माण गर्न नसकिने बताउनुभयो ।

उपाध्यक्ष अर्यालले अब महिलाको लडाईं भनेको ३३ प्रतिशत वडा अध्यक्ष र मन्त्रीमण्डलमा पनि ३३ प्रतिशत हुनुपर्ने रहेको बताउनुभयो ।