
काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका मीन बहादुर गुरुङ, सुधिर शाह र धर्म प्रसाद गौतमले दायर गरेको बन्दीप्रत्यक्षीकरणको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ ।
शुक्रबार न्यायाधीश कुमार चुडालको एकल ईजलासले उक्त मुद्दामा सुनुवाई गर्दै कारण देखाउ आदेश जारी गरेको हो । सर्वोच्चले आदेश जारी हुन नपर्ने मनासिव आधार कारण र प्रमाण भए सो समेत खुलाई म्याद प्राप्त भएको मितिले बाटाको म्याद बाहेक २४ घण्टाभित्र कागज प्रमाणसहित महान्यायाधीवक्ताको कार्यलय मार्फत लिखित जवाफ पेश गर्न विपक्षी गृहमन्त्रालयको नाममा आदेश जारी गरेको छ ।
बिहिबार ललिता निवास प्रकरणमा पक्राउ परेका गुरुङ, शाह र गौतमले आफूहरुलाई हदम्याद कटिसकेको मुद्दामा पक्राउ गर्नु अवैध भएको भन्दै हिरासतबाट मुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्