१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भोजपुरमा धान दिवश मनाईयो


442
Shares

भोजपुर । जलवायु अनुकुलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ भोजपुरमा २० औँ धान दिवश मनाइएको छ ।

किसानहरुलाई प्रोत्साहन गर्न बर्षेनी मनाइदै आएको धान दिवश तथा असार १५ को अवसरमा भोजपुर नगरपालिका ५ बोखीममा धान रोपाई गरिएको छ । हिमचुली महिला बचत तथा क्रण सहकारी संस्थाको आयोजनामा भोजपुर नगरपालिका, कृषि ज्ञान केन्द्र लगायत जिल्लास्थित संघ सस्थाका प्रतिनिधिको सहभागितामा धान रोपाई गरिएको हो ।

रोपाईका अवसरमा भोजपुर नगरपाकिलाका मेयर कैलाश कुमार आलेले नगरपालिकामा कृषि उत्पादकत्व वृद्धि गरी तरकारी, खाद्यान्नमा आत्मनिर्भरलक्षित विभिन्न कार्यक्रम सञ्चालन हुदै आएको दाबी गर्नुभएको थियो ।