
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संसदमा महिला सांसदहरुले दिएका अभिव्यक्तिले संसदको गरिमा बढेको बताउनुभएको छ ।
शुक्रबार संसद भवनमा आयोजित संसदीय प्रभावकारीतामा महिला माननीयहरुको भुमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री गुरुङले महिला सांसदहरुले दिएका अभिव्यक्ति पुरुषका भन्दा तार्किक र परिष्कृत रहेको बताउनुभयो । उहाँले महिलाहरुले विषयको गम्भीरतालाइ बुझेर मिहेनतका साथ अभिव्यक्ति दिने गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले पुरुष सांसदहरुले बोलेका अभिव्यक्ति पछि हेर्दा पश्चाताप लाग्ने खालको रहेको भन्दै अध्ययनसहित आफ्ना धारणा राख्दा संसदको गरिमा बढ्ने बताउनुभयो ।
मन्त्री गुरुङले संसदमा बोल्दै गदौ विषयान्तर बढी हुने प्रवृत्ति पनि बढीरहेको बताउनुभयो । उहाँले आफू संसमा तेस्रो पटक आएपनि आफू संसदको विद्यार्थी रहेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्