१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेसलाई भ्रष्टाचारको संरक्षकको रुपमा जनताले चिनेका छन् : नेता केसी


1.235k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेस पार्टीलाई जनताले भ्रष्टाचारको संरक्षकका रुपमा चिनेका बताउनुभएको छ ।

शुक्रबार नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनको प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता केसीले कांग्रेसलाई जनताले भ्रष्टाचारको संरक्षकको रुपमा चिनेका बताउनुभएको हो । उहाँले कांग्रेसलाई जनताले विकृति र मनपरितन्त्रको संवाहकको रुपमा पनि चिनेका बताउनुभयो ।

नेता केसीले जनताहरु निराश भएर विकल्प खोजिरहेका भन्दै कांग्रेसको अहिलेको जस्तै नेतृत्व र बिचार लिएर अगाडी बढेमा भविष्य चुनौतिपूर्ण हुने बताउनुभयो ।

नेता केसीले कांग्रेस भित्र वैचारिक पुर्नजागरणको नयाँ क्रान्ति सुरु गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले आफुहरुले नयाँ विचार र दृष्टिकोणसहित सुध्रियौँ भन्ने सन्देश जनतालाई दिनुपर्ने बताउनुभयो ।

नेता केसीले राष्ट्र र लोकतन्त्रलाई गति दिनको निम्ति पत्रकारिता क्षेत्रको ठूलो योगदान रहेको बताउनुभयो । उहाँले सत्य र न्यायको निम्ति लेख्न र सत्यको बाटोमा हिड्न पत्रकारहरुलाई आग्रह गर्नुभयो ।