२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


आजदेखि एक हप्ता ‘ग्रिन विक’ मनाउँदै नबिल बैंक


5.2k
Shares

काठमाडौं । नबिल बैंकले साताव्यापी ‘नबिल ग्रिन विक’ आयोजना गर्ने भएको छ ।

नबिल दिगो बैंकिङको दोस्रो वार्षिकोत्सवको अवसर पारेर बैंकले सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न लागेको हो ।

बैंकिङ क्षेत्रमा वातावरणीय र सामाजिक सचेतनाका लागि साताव्यापी नबिल ग्रिन विक’ कार्यक्रम गर्न लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गनाले बताउनुभयो ।

उहाँले नबिल सस्टेनेबल बैंकिङले शुरुवातदेखि नै सामाजिक र वातावरणीय चुनौतिलाई सम्बोधन गर्न दिगो अभ्यासलाई प्रवद्र्धन गरिरहेको बताउनुभयो । उहाँले नविल बैंकको प्रयासले थुप्रै उपलब्धी हासिल गर्न सफल भएको बताउनु भयो। उहाँले नबिल ग्रिन विक कार्यक्रमले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच बिस्तार, बजार पहुँच र वित्तीय समावेशितालाई विस्तार र कृषि तथा साना व्यवसायमा वित्तीय सेवा दिएर स्थानीय आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्य रहेको बताउनुभयो ।

उहाँले बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जामार्फत वित्तीय पहुँच बिस्तार गरिरहेको बताउनुभयो । उहाँले एक साता नबिल ग्रिन विकमार्फत कृषिको व्यवसायीकरण र उद्यमशीलता विकास गर्न सहयोग पुग्ने विश्वास लिएको बताउनुभयो । उहाँले नविल बैंकको जस्तै सबै बैंकहरुले दिगो बैंकिङ सेवा विस्तार गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले नबिल बैंकले नबिल सस्टेनेबल हाउजिङ लोन अन्तर्गत वातावरणमैत्री घर निर्माणमा कर्जा दिने व्यवस्था गरेको बताउनुभयो । उहाँले बैंकले हाइड्रोमा लगानी, सहुलियत कर्जा प्रदान, सामाजिक क्षेत्रलगायतमा काम गरी दिगो बैंकिङको अभ्यास गर्दै आइरहेको बताउनुभयो ।

नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले साताव्यापी ‘नबिल ग्रिन विक’ मनाउनुको उद्देश्य दिगो विकासका लक्ष्य पूरा गर्नको लागि बैंकको भुमिका निर्वाह गर्ने भएको बताउनुभयो । उहाँले बैंकिङ सेवा शहर केन्द्रित मात्रै नभएर ग्रामिण क्षेत्र केन्द्रित भएर गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले मुलुकको माइक्रो इकोनोमीको तथ्याङ्कहरु घट्दै गएको भन्दै यसमा बैंकहरुले खेल्नुपर्ने भुमिका खेल्न नसकेको स्पष्ट देखिएको बताउनुभयो । उहाँले बैंकहरुबाट देशभरका विभिन्न क्षेत्रमा लगानी भएपनि परिणाम मुलुकको आर्थिक वृद्धिसँग मेल नखाएको बताउनुभयो ।

अध्यक्ष पौडेलले मुलुकको आर्थिक वृद्धि गिरावटमा गएपनि बैंकको लगानीमा भने वृद्धि भइरहेको बताउनुभयो । उहाँले बैंकहरुले वास्तविक अर्थतन्त्रलाई सहयोग गर्नेगरी बैंकिङ सेवा अगाडि नबढेको बताउनुभयो । उहाँले नविल बैंकले शुरु गरेको नबिल सस्टेनेबल बैंकिङ योजनाले वास्तविक अर्थतन्त्रलाई सर्पोट पर्नेतर्फ नविल बैंक मोडिएको बताउनुभयो । उहाँले नविल बैंकले सबैभन्दा बढी उत्पादनशिल क्षेत्रमा प्राथमिकता दिएर बैंकिङ सेवा दिएको बताउनुभयो ।