
web pic
काठमाडौं । मकवानपुरको हेटौंडामा बस दुर्घटना हुँदा ५२ जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको यात्रुबाहक बस शुक्रबार नवलपुरमा करिब १ बजे अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
घाइतेमध्ये केहीको हेटौंडा अस्प्ताल र २२ जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गम्भीर घाइते भएका महोतरी जलेश्वरका ३२ वर्षीय राकेश पाण्डेको भरतपुर रिफर गरिएको जनाइएको छ । घाइते सबैको पहिचान खुलेको र घाइते केही अस्पतारबाट डिस्चार्ज भएका पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्