१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१७ बुँदे साझापत्र जारी गर्दै पोखरामा मुख्यमन्त्रीहरुको भेला सम्पन्न


195
Shares

काठमाडौं । १७ बुँदे साझापत्र जारी गर्दै अन्तरप्रदेश मुख्यमन्त्री बैठक सम्पन्न भएको छ ।

शुक्रबार पोखरामा सम्पन्न ६ प्रदेशका मुख्यमन्त्री सम्मिलित अन्तर प्रदेश बैठकले तीनै तहका सरकारको कार्य जिम्मेवारी र अधिकार क्षेत्र पुनः परिभाषित गर्नुपर्नेलगायतका १७ बुँदे साझापत्र जारी गरेको हो ।

प्रदेशमा प्रहरी समायोजन नहुँदा समस्या भएको, निजामती सेवा ऐन छिटो बन्नुपर्ने, प्रदेश सरकार कार्यालयका भवनहरु प्रदेश सरकारको स्वामित्वमा आउनुपर्ने लगायतका विषय साझापत्रमा समेटिएका छन् । संघीयताको प्रभावकारी कार्यान्वयनका लागि नीतिगत, कानुनी र व्यवहारिक विषयहरूको सम्बोधन हुनुपर्ने बैठकको निष्कर्ष छ ।

बैठकले साझापत्र कार्यान्वयनका लागि प्रधानमन्त्रीलाई अनुरोध गरेको छ ।