५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


प्रहरीद्धारा किशोरको हत्यापछि फ्रान्समा हिंसात्मक प्रदर्शन जारी


247
Shares

एजेन्सी । गत मंगलबार फ्रान्सको राजधानी पेरिसको उपनगरमा प्रहरीद्धारा एक १७ वर्षीय किशोर नाहिल एमको हत्यापछि फ्रान्समा देशव्यापी हिंसात्मक विरोध प्रदर्शन भईरहेको छ ।

मंगलबार साँझदेखि सुरु भएको हिंसात्मक प्रदर्शनीका क्रममा पेरिस, लिल, लियोंन, दिजोँ, नतेयर, मासेई, क्लामा लगायतका शहरमा प्रर्दशनकारीले करिब साढे ५ सय भवन जलाएका छन् भने करिब ८ सय सवारी साधनमा आगजनी गरिएको छ ।

प्रदर्शनका क्रममा करिब २ सय ४० जना प्रहरी घाइते भएका छन् । ८ सय ७५ भन्दा बढी प्रर्दशनकारीलाई पक्राउ गरिएको गृहमन्त्री जेरार्ड डार्मानिनले जानकारी दिनुभएको छ । नाहेल एम भनेर चिनिने १७ वर्षीय किशोरलाई मंगलबार बिहान पेरिस उपनगर नँतेयरमा एक प्रहरी अधिकारीले ट्राफिक नियम उल्लंघन गरेको आरोपमा गोली हानेका थिए ।

प्रहरीले सुरुमा नाहेलले प्रहरीलाई कार चलाउँदै आएर गोली हानेको रिपोर्ट गरेको थियो । तर, घटनाको सत्यतथ्य नियाल्न जाँच गरिएको भिडियोले त्यसलाई गलत साबित गरिदिएको थियो । प्रहरी र प्रर्दशनकारीबीच झडप भईरहेको छ । नाहेललाई गोली प्रहार गर्नुको कारण प्रहरी आप्रवासीप्रति क्रुर बनेको आरोप प्रदर्शनकारीहरुले लगाएका छन् ।

फ्रान्सका दर्जन भन्दा बढी शहरमा हिंसात्मक प्रदर्शनी भएपछि करिब ४० हजार राष्ट्रिय प्रहरीका साथ केही नगर प्रहरी, पारा मिलिटरी र आतंककारीविरुद्ध लड्ने अत्याधुनिक हतियार र ट्यांकले सुसज्जित केही अर्ध सैनिक बल (बीआरआई) समेत विभिन्न शहरमा परिचालित गरिएको छ ।