२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


भारतको महाराष्ट्रमा बसमा आगलागी हुँदा २५ जनाको मृत्यु


845
Shares

एजेन्सी । भारतको महाराष्ट्रमा मुम्बई–नागपुर एक्सप्रेसमा गुडिरहेको एक निजी बस दुर्घटनापछि आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार ३३ यात्रु बोकेर नागपुरबाट समृद्धि राजमार्ग हुँदै पुनेतर्फ आइरहेको बस गुडिरहेकै बेला टायर पड्किएपछि खम्बामा ठोकिएको थियो ।

ठक्करको क्रममा डिजेल ट्याङ्की फुटेर आगो लागेको थियो । केही यात्रुले भने बसको सिसा फुटाएर ज्यान बचाएको र मृतकको पहिचान भने खुलीसकेको समाचारमा उल्लेख छ ।

घटनापछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ अभियानले दुर्घटनामा ज्यान गुमाउनेका परिवारजनलाई पाँच÷पाँच लाख रुपैयाँ आर्थिक सहायता दिने घोषणा गर्नुभएको छ ।