२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


धनकुटामा पर्यटक तान्न होमस्टे अवधारणा


650
Shares

तेह्रथुम । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको सिधुवामा पर्यटन प्रवर्धन गर्ने उद्धेश्यले होमस्टे सम्बन्धी प्रशिक्षण दिइएको छ ।

गाउँपालिकाले घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको सहयोगमा होमस्टे सम्बन्धी ७ दिने तालिम प्रदान गरेको हो ।

पर्यटकीय गन्तव्यको रुपमा रहेकाले होमस्टे सेवालाई व्यवस्थित र गुणस्तरीय रुपमा सञ्चालन गर्न प्रशिक्षण प्रादन गरिएको घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख ईश्वर थापाले बताउनुभयो ।

तालिममा होमस्टेको परिचय, प्रकार, सञ्चालनका मापदण्ड, मुख्य कृयाकलाप, भान्सा, व्यवस्थित शौचालय, चुनौती संञ्चालकलाई आईपर्ने समस्या जस्ता विषयमा छलफल भएको थियो । त्यसैगरी पाहुँना सत्कार एवं आतिथ्यमा ध्यानदिनु पर्ने विषयमा पनि तालिममा विशेष जोड दिइएको थियो ।

होमस्टेको विषयमा विभिन्न कुराको ज्ञान पाउनको साथै होमस्टे स्थापनामा स्थानीय सरकारको महत्वपुर्ण भुमिका रहने भएकाले सहकार्य गर्दै स्थापनामा जोड दिने तालिमका सहभागीहरुले बताएका छन् ।

स्थानीयस्तरको भाषा, कला संस्कृतिको संरक्षणका साथै उद्यमीलाई व्यवसायीक बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको छथर जोरपाटी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष दिपक गुरुङले बताउनुभयो ।

धनकुटाका ७ पालिकामध्ये यो गाउँपालिका पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको छ ।