२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बारा जिल्लामा मिटर ब्याजविरुद्ध कारबाही तिब्र


4.654k
Shares

बारा । जिल्ला प्रशासन कार्यालय बाराले मिटर ब्याजविरुद्ध परेको उजुरीमा कारबाही तिब्र बनाएको छ ।

प्रहरी, प्रशासनको संयुक्त टोलीले जिल्लाभरका ३ हजार ३ सय २२ उजुरीका आरोपीलाई पत्र पठाउने, नियन्त्रणमा लिने अनि अनुसन्धान र कार्बाहीलाई तीब्रता दिएको हो ।

अनुचित लेनदेनकै बिषयमा समाजमा दवाब, प्रभाव धम्की, झैझगडा तथा अन्य प्रकृतिका घटना बढ्न सक्ने भन्दै प्रशासनले १८ जना प्रहरी अधिकृत सहितको टोली बनाई कारबारी अगाडि बढाएको जनाएको हो ।

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार परेका उजुरी मध्ये क्षणिक लाभका लागी चेकको प्रयोगदेखी बढी रकमका तमसुक बनाउनेसम्मका छन् । प्रशासनले गरेको आग्रहलाई अटेर गर्ने ९ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रशासनले जनाएको छ ।

हालसम्म १ सय ८ वटा मुद्दाको जग्गा र पैसा फिर्ता गराई फछ्र्यौट भैसकेको र ३० वटामा छानविन भैरहेको जिल्ला प्रशासनले जनाएको छ ।