२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


प्रशासन बाहिरको आदेशबाट चलेको पूर्वसभामुख ढुंगानाको आरोप


455
Shares

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले संसदले बनाएको कानून भन्दा बाहिर रहेर प्रशासन चलिरहेको बताउनुभएको छ ।

६५ औं संसद दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

पूर्वसभामुख ढुंगानाले संसदले बनाएको कानूनबाट प्रशासन नचलेको बताउनु भयो । उहाँले संसदले यसबारेमा ध्यान दिन नसकेको बताउनुभयो । उहाँले राजनीतिक पार्टीहरु सत्ताको स्वार्थमा डुबिरहेको समेत बताउनुभयो ।

पूर्वसभामुख ढुंगानाले संसदले बनाएका कानून प्रशासनले नमान्नु भनेको संसदको अपमान भएको र अहिले सोही कुरा देखिरहेको बताउनुभयो । उहाँले संसद प्रभावकारी बनाउनका लागि, भ्रष्टाचार घटाउन र सरकारलाई प्रभाकारी बनाउनका लागि काम गर्न जरुरी रहेको बताउनुभयो ।

पूर्वसभामुख ढुंगानाले नेपालमा संविधान फाल्ने र अर्को व्यवस्था ल्याउनेतिर धेरै सोच्न जरुरी नरहेको बताउनुभयो ।