
काठमाडौं । बाराको जितपुर सिमरा उप–महानगरपालिका–७ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ ।
जितपुर–वीरगन्ज सडक खण्डमा पार्किङ गरेर राखेको भारतीय नम्बरको ट्रकबाट २ सय ६२ केजी गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय सिमरा र प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरीले उक्त परिमाणमा गाँजा बराबद गरेको हो ।
मकवानपुरबाट वीरगन्ज तर्फ जाँदै गरेको ट्रक चालकले जितपुर–वीरगन्ज सडकमा पार्किङ गरेर छाडेका थिए । ट्रकको छतभन्दा तलको भागमा गाँजा कारोबारीले फल्स बटन बनाएर गाँजा लोड गरेका थिए । वीरगन्ज भन्सारबाट नेपालतर्फ खाली आएको सो ट्रक गाँजा लिनकै लागी मकवानपुर पुगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
ट्रक चालक र धनीको खोजी भइरहेको प्रहरीले जनाएको छ । गाँजा तस्करले सो गाँजा भारत तर्फ लैजान लागेको आशंका गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्