२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


संसदमा उपसभामुखको फोटो नराखेको प्रति उपसभामुख रानाको असन्तुष्टि


1.937k
Shares

काठमाडौं । उपसभामुख इन्दिरा रानाले संसदमा उपसभामुखको फोटो नराखेकोप्रति असन्तुष्ट व्यक्त गर्नुभएको छ ।

६५ औं संसद दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उपसभामुख रानाले आफूले केही समयअघि सिंगापुरको संसदको भ्रमण गरेको र सो क्रममा सभामुखको फोटो विगतदेखि वर्तमानसम्म राखेको भन्दै नेपालमा भने त्यस्तो हुन नसकेको बताउनुभयो ।

उहाँले नेपालको संसदमा सभामुखको मात्रै फोटो राख्ने गरेको तर उपसभामुखको फोटो नराखेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले संसदमा उपभासमुखलाई हेपाहा प्रवृत्ति देखाएको आरोप लगाउनुभयो ।

उपसभामुख रानाले हरेक क्षेत्रमा सुशासन र पारदर्शिता हुन जरुरी रहेको बताउनुभयो ।