
कैलाली । क्रिकेटका दीपेन्द्रसिंह ऐरी र फुटबलकी वर्षा ओली चौथो संस्करणको ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ को उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन् ।
खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना धनगढीमा सम्पन्न अवार्डमा दुबै जनाले यो अवार्ड हात पारेका हुन । दीपेन्द्रले एथलेटिक्सका शिवराज पार्की र कबड्डीका प्रकाश गिरीलाई पछि पार्दै उक्त अवार्ड पाउन सफल भए ।
दीपेन्द्रले गतवर्ष नेपाललाई विश्वकप क्वालिफायरमा पुर्याएका थिए । साथै उनी गतवर्ष टी २० अन्तराष्ट्रियमा एक हजार रन बनाउने र एक दिवसीयमा करिअरको पहिलो शतक प्रहार गर्ने खेलाडी समेत बनेका थिए ।
यस्तै, महिलातर्फ उत्कृष्ट खेलाडी बनेकी वर्षा विगतमा नेपाललाई पहिलो पटक यु १५ साफ च्याम्पीयनसीपको उपाधि जिताउँदा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुन् । उनी उमेर समुह वा सिनियर साफ च्याम्पीयनसीप र दक्षिण एसियाली खेलकुदमा नेपाली टोलीको उपाधि तोड्दै ह्याटिक सहित ५ गोल गर्ने खेलाडी समेत हुन् ।
यस्तै, सुदूरपश्चिम वर्षको अवार्ड युवा क्रिकेट खेलाडी हेमन्त धामीले जिते । हेमन्तले अघिल्लो वर्ष नेपाललाई यु १९ विश्वकप क्रिकेटमा पुराउन उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यसैगरी वर्ष प्रशिक्षकको अवार्ड क्रिकेटका जगत टमटाले हात पारेका छन् । टमटाले गतवर्ष नेपाललाई यु १९ विश्वकप क्रिकेटमा पुराएका थिए । उनी ८ बर्षपछि नेपाललाई यु १९ विश्वकपमा कमब्याक गराउने प्रशिक्षक हुन् ।
यस्तै, सुदुरपश्चिम आईकन पुरुषतर्फ फेन्सिङका जलेन्द्र शाही घोषित भए । महिलातर्फ सुदुरपश्चिम आईकनमा फुटबलकी दिपा रोकाया घोषित भईन ।
प्रतिक्रिया दिनुहोस्