
काठमाडौं । आइसीसी एकदिवसीय विश्वकपको च्याम्पियन टोली वेष्ट इन्डिज विश्वकप छनोटबाट बाहिरिएको छ ।
शनिबार जिम्बाबेको राजधानी हरारेमा भएको खेलमा स्कटल्यान्डले वेष्ट इन्डिजलाई ७ विकेटले पराजित गरेपछी वेस्ट इन्डिज बाहिरिएको हो ।
वेस्ट इन्डिजले दिएको १ सय ८२ रनको लक्ष्य स्कटल्यान्डले ४३ दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ४३ दशमलब ५ ओभरमा १ सय ८१ रनमा अलआउट भएको थियो ।
पराजित भएसँगै वेस्ट इन्डिज सुपर सिक्सबाट बाहिरिने दोस्रो टोली बनेको छ । यस अघि ओमान सुपर सिक्सबाट बाहिरिने पहिलो टोली बनिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्