
काठमाडौं । लेवनानलाई हराउँदै भारत साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको दोस्रो सेमिफाइनलमा लेवनानलाई पराजित गर्दै भारतले फाइनलमा कुवेतसँगको भेट पक्का गरेको हो ।
भारतले पेनाल्टी सुटआउटमा लेवनानलाई ४–२ गोल अन्तरले पराजित गरेको हो । निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । लेवननका लागि कप्तान हसन मटुक र खलिल मेहदी गोल गर्नबाट चुकेपछी भारत पराजीत हुन पुगेको हो ।
८ पटकको साफ च्याम्पियन भारतले आगामी मंगलबार उपाधिका लागि कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । दक्षिण एसिया बाहिरका दुई टिम लेवनान र कुवेतलाई सहभागी गराएर साफ च्याम्पियनसिपको आयोजना गरिएको थियो ।
बंगलादेशलाई १–० ले हराउँदै कुवेत यसअघिनै फाइनलमा प्रवेश गरिसकेको छ । साविक उपविजेता नेपाल भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्